नियम २८
खर, घाँस, निगालो वा लोक्ता दिन सकिने

(१) घर बनाउन, घर मर्मत गर्न वा कुटिर उद्योगको लागि खर, घाँस, निगालो वा लोक्ता लिन चाहने स्थानीय व्यक्तिले अनुसूची – २ मा तोकिए बमोजिमको दस्तूर बुझाएमा संरक्षकले त्यस्तो व्यक्तिलाई अनुसूची -६ बमोजिमको खर, घाँस, निगालो वा लोक्ताको पूर्जी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको पूर्जी बमोजिमको खर, घाँस, निगालो वा लोक्ता संरक्षकले तोकेको क्षेत्रबाट तोकेको अवधिसम्म मात्र    दिइनेछ ।